Logo

शेयर बजारमा आज दोहोरो अंकको वृद्धि, कारोबार रकममा सुधार



काठमाडौं, २ असार । शेयर बजारमा आज (साताको पाँचौ दिन) दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक बिहीबार १२ दशमलव ५७ अंकले बढेर १९७८ दशमलव ९४ विन्दुमा पुगेको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १० अंकले वृद्धि भएर ३८२ विन्दुमा पुगेको हो ।

आज त्यस्तै, २२१ कम्पनीको १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ बराबरको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्