Logo

निहारिकालाई न्याय दिलाउन माग



काठमाडौँ,२ असार । राष्ट्रियसभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानिमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको बच्चाको संरक्षण गरी घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

बैठककमा सांसद मृगेन्द्रसिंह यादवले मधेसी महिला नेहारिका राजपूत न्यायको खोजीमा भौतारिएको जनाउँदै उनीको माग सम्बोधन गर्न सरकारको ध्यान जावोस भने ।

सांसद बिमला घिमिरेले बलत्कार पीडित भनिएकी युवती नेहारिका न्यायका लागि आफ्ना बालक सहित राजधानीमा अनसर बस्दा पनि उनीको माग सुनुवाइ नहुनु दुःखद् भएको जनाउँदै सो घटनाका विषयमा छानबिन गर्न समिति गठन माग गरे ।

सांसद तुलसाकुमारी दाहालले मानवीय सेवामा तल्लीन रेडक्रस सोसाइटीलाई सरकारले हस्तक्षेप गर्न नहुने बताए । सांसद भगवती न्यौपानेले चितवनमा हात्तीले आतङ्क मच्चाएको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद मायाप्रसाद शर्माले रोपाईँ गर्ने समयमा किसानले किन रासायनिक मल पाएनन् भनी प्रश्नगरे । सांसद सारदादेबी भट्टले वर्षा शुरु भएपछि वाढी पहिरोले धनजनको क्षति पु¥याउन शुरु भएकाले यसको न्यूनीकरणका लागि समयमै सरकारको ध्यान जाओस भने । रासस



प्रतिक्रिया दिनुहोस्