Logo

सानिमा बैंकको प्रायोरिटी काउन्टरः नयाँ बानेश्वरमा



काठमाडौं, २ असार । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।

आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।

नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृतसरोज गुरागाईंले संयुक्त रुपमा गरे । सो समारोहमा डिल्लीराम अधिकारी लगायत अन्य ग्राहकहरुले नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यबाद ज्ञापन गरे ।

साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्