Logo

विधेयक सर्वसम्मतिले स्वीकृत



काठमाडौँ,२ असार । राष्ट्रियसभाको आजको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त विधेयकमाथि विचार गरियोस भनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सदनसमक्ष पेश गरेका थिए ।

यस्तै बैठकले शपथसम्बन्धी विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले शपथसम्बन्धी विधेयक दफावार छलफलका लागि सदनसमक्ष प्रस्तुत गरेका थिए ।

शोक प्रस्ताव पारित

बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेप्रसाद तिमल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । स्व चौधरी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट विसं २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएका थिए।रासस



प्रतिक्रिया दिनुहोस्