Logo

पूर्व सुरक्षाकर्मी परिषद नेपालद्धारा शिक्षामन्त्रीको ध्यानाकार्षण (विज्ञप्तीसहित)



काठमाडौं, २ असार । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका पदाधिकारीले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर नेपालको पाठ्यपुस्तकमा क्रिश्चियन धर्मलाई बढावा दिएको भन्दै ध्यानाकार्षण गराएको छ । अध्यक्ष कोमलबहादुर राउतको नेतृत्वमा परिषद्का पदाधिकारीले हिजो (बुधबार) शिक्षामन्त्री पौडेललाई भेटेका हुन् ।

पूर्व प्राथमिक तथा प्राथमिक तहको पाठ्य–पुस्तकमा व्यापक रुपमा विदेशी धर्म संस्कारलाई बढावा दिने र नेपाली धर्म, संस्कृति, रितिरिवाज र मौलिक परम्परालाई निरुत्साहित गराउँदै लैजाने काम भएको भन्दै शिक्षामन्त्री पौडेलको ध्यानाकार्षण गराएको हो ।



प्रतिक्रिया दिनुहोस्