Logo

भारतले ४ वर्षका लागि मात्र सेनामा युवालाई भर्ना लिने योजना किन ल्यायो



एजेन्सी, २ असार । भारतले धेरैभन्दा धेरै युवालाई सैनिक तालिम दिने उद्देश्यले अग्निभीर योजना ल्याएको छ । यो योजना अनुसार लाखौं युवाले सैनिक तालिम लिनेछन् । तर, ती युवाहरु ४ वर्षमात्र सैनिक सेवामा रहनेछन् । त्यसपछि उनीहरु जुनसुकै क्षेत्रमा जान पाउनेछन् ।

भारतमा नयाँ पुस्तालाई सैनिक तालिम दिने उद्देश्यले ल्याइएको अग्निभीर योजनाबारे समर्थन र विरोध दुवै सुनिएको छ । ४ वर्ष मात्र सेनामा रहन पाउने योजनाको विरोधमा कतिपय स्थानमा युवाहरुले हिंसात्मक प्रदर्शन समेत गरेका छन् ।

भारतीय सेनाले भने अग्निभीरहरुमध्ये निश्चित प्रतिशत सेनामा पनि भर्ती हुने स्पष्ट पारेको छ । बुधबार भारतका सेनाका उपप्रमुख बीएस राजुले भविष्यमा कुनैपनि युद्धका लागि अनुभवी शक्ति तयार गर्न अग्निभीरको योजना ल्याइएको बताएका छन् । उनले १२ लाख सैनिकमध्ये सन् २०३० देखि २०३२ सम्म आधा अग्निभीर तालिम लिएकाहरु नै हुने उल्लेख गरेका छन् ।

भारतले दूरगामी सैन्य उद्देश्यले ४ वर्षको छोटो अवधिका लागि सैनिक भर्ना ल्याउनुमा बढीभन्दा बढी युवालाई सैनिक तालिम दिएर राख्ने उद्देश्य देखिएको छ । त्यस्ता सैनिकहरु अन्य सेवामा ४ वर्षको तालिम र सेवालगत्तै गएपनि आवश्यक पर्दा बोलाइने समेत उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्