Logo

आइसीसीआरका अध्यक्ष डा. सहस्रबुद्धे किन नेपाल आए



काठमाडौं, २ असार । भारतले नेपाली विद्यार्थीलाई वार्षिक हजारौंको संख्यामा छात्रवृत्ति दिदै आएको छ । त्यसमध्ये उच्च शिक्षा अध्ययनका लागि भारतीय सांस्कृतिक सम्बन्ध परिषद् आइसीसीआरले दिने छात्रवृत्तिको निकै महत्व छ ।

आइसीसीआर अध्यक्ष डा. विनय सहस्रबुद्धे ३ दिने नेपाल भ्रमण गरी फर्किएका छन् । उनले भेटका बखत राष्ट्रपति श्रीमती विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरे । भेटमा दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरे ।

भ्रमणका क्रममा सहस्रबुद्धेले १ असारमा अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सरुवाती कार्यक्रमको रुपमा युनेस्को सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा सरिक भयो । जारी ‘आजादीका अमृत महोत्सव’ को कार्यक्रमको रुपमा पशुपति क्षेत्र विकास कोष र पतञ्जली योगपीठसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृति केन्द्रले सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पतञ्जली योगपीठ, काठमाडौंका झण्डै १५० जना योग पारखीहरुको सहभागिता थियो ।

आइसीसीआर छात्रवृत्ति अन्तर्गत भारतमा अध्ययन गरेका नेपालीहरु सहित अन्य नेपाली विद्यार्थीहरुलाई जोड्ने ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्यहरुसँग डा। सहस्रबुद्घेले कुराकानी गरे । पूर्व विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीहरुले निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे चर्चा गरे ।

यस सम्बन्धमा आइसीसीआरले खेल्न सक्ने विशेष पहल र भूमिकाबारे छलफल गर्न डा। सहस्रबुद्धेले काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) का निर्देशक लगायत प्रमुख शिक्षाविद् र प्राज्ञहरुसँग भेट गरे ।



प्रतिक्रिया दिनुहोस्