Logo

आयल निगमले धान्न नसक्ने गरी विश्व बजारमा तेलको मूल्यवृद्धि, नेपाली बजारमा के असर पर्ला



काठमाडौं, २ असार । पेट्रोल र डिजेलको लागत मूल्य २ सय नाघेपछि नेपाल आयल निगमलाई घाटा थपिन थालेको छ । आज इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको लागत मूल्य लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ । डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ ।

मट्टीतेलको लागत मूल्य १४७ रुपैयाँ ९९ पैसा पुग्दा खाना पकाउने एलपी ग्याँसको लागत २५ सय ५१ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निगमले प्रतिलिटर १७८ रुपैयाँमा पेट्रोल विक्री गरिरहेको आधारमा ३१ रुपैयाँ घाटा व्यहोर्न थालेको छ । डिजेलको प्रति लिटर १६५ मा बेच्दा ३७ रुपैयाँ प्रति लिटर घाटा व्यहोर्न थालेको छ ।

अब निगमले मासिक १० अर्ब जति घाटा व्यहोर्नुपर्ने आँकलन गरिएको छ । मूल्य समायोजन नगरे निगमलाई थप समस्या पर्ने देखिएको छ ।

निगमले आज विज्ञप्ति जारी गरी १५ दिनमै पेट्रोलमा ९५ करोड, डिजेलमा २ अर्ब ९१ करोड, हवाई इन्धनमा ६६ लाख र एलपी ग्याँसमा १ अर्ब १४ करोड घाटा रहेको तथ्यांक सार्वजनिक गरेको छ । आइओसीलाई दिनुपर्ने रकममा २२ अर्ब रुपैयाँ बक्यौता कायम भएको निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्