Logo

प्रतिनिधिसभाबाट विनियोजित विधेयक पारित



काठमाडौं, २ असार । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट विधेयक पारित भएको छ । संसद बैठकबाट विनियोजित विधेयक बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री जर्नादन शर्माले बजेट विनियोजन गर्नका लागि संसदमा प्रस्ताव राखेका थिए । नेकपा एमालेले भने बैठक बहिष्कार गरेको थियो । बहिष्कारका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्