Logo

कालीगण्डकीमा डुंगा पल्टँदा ६ वेपत्ता



काठमाडौं, २ असार । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा डुंगा पल्टँदा ६ जना वेपत्ता भएका छन् । र्‍याफ्टिङ खेलिरहँदा पल्टेर उनहिरु वेपत्ता भएका हुन् ।

र्‍याफ्टिङ गर्नेमध्ये भारतीय पर्यटक समेत रहेको पाल्पा प्रहरीले जानकारी दिएको छ । र्‍याफ्टिङमा चालसहित ८ जना थिए । उनीहरुमध्ये चालक सकुशल रहेको र एकजनाको उद्धार गरेको बताइएको छ ।

दुर्घटनापछि वेपत्ताको खोजी भइरहेको जनाइएको छ । नदीमा बाढी आएको र नदी प्रवाह पनि बढी रहेकाले घटना भएको हुनसक्ने जनाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot