Logo

संसदीय समितिको निर्देशन– एसपीपीमा संलग्न नहुने जानकारी देऊ



काठमाडौं, असार ४। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा अब उप्रान्त नेपाल संलग्न नहुने भनी अमेरिकालाई स्पष्ट भन्न निर्देशन दिएको छ ।

शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यस्तो निर्देश गरेको हो ।

‘अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिक हिस्साका रूपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले सो कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रूपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने,’ समितिको निर्णयमा उल्लेख छ ।

यसैगरी, समितिले सरकारसँग एसपीपीसँग सम्बन्धित सबै कागजपत्र माग गरेको छ । समितिको बैठकमा एसपीपीबारे छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका थिए । समिति सभापति पवित्रा निरौलाले एसपीपीबारे अहिलेसम्म भएका सबै प्रक्रिया र त्यससँग सम्बन्धित कागजपत्र मागिएको बताइन् ।

उनले छानबिन समिति भने नबनाएको जानकारी दिइन् । बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०सँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव अगाडि नबढाउने बताए ।

मन्त्री खड्काले एसपीपीसँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव नेपाललाई स्वीकार्य नहुने भन्दै राष्ट्रिय हितमा नभएकाले अगाडि नबढाउने स्पष्ट पारे । नेपाली सेना र अमेरिकी दूतावासबाट यस’दयगत विज्ञप्ति आइसकेको भन्दै यसबारे थप चर्चा नगर्न उनले समितिका सभापतिलाई आग्रह गरे ।

प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको एसपीपीमा सहभागी हुन नेपाली सेनाले २०७२ कात्तिक १० मा पत्र पठाएको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारी दिए । उनले बिहीबार सार्वजनिक भएको पत्र साँचो रहेको उल्लेख गरे । उनले एसपीपी सुरुवातमा मिलिटरी पार्टनसिप नभएको बताए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको उत्तरी सीमा क्षेत्रमा अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास नहुने बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्