Logo

मनोज पाण्डेको कर्तुतको पर्दाफास, देखाउने सुन्दरी प्रतियोगिता धन्दा यौन व्यवसाय



काठमाडौं, ३ असार । सुन्दरी प्रतियोगिता आयोजनाका नाममा मनोज पाण्डे भनिने मनोज जैशीले यौन व्यवसाय नै चलाएको खुलेको छ । उनीविरुद्ध बलात्कारको आरोप लगाएकी युवतीले आफूलाई यौन व्यवसायमा लगाएको बयान अभियोग पत्रमा भनेपछि यस्तो खुलासा भएको हो ।

पाण्डेले सुरुमा मोडलिङ्गमा लागेकी पीडित युवतीलाई सुन्दरी प्रतियोगिताको आयोजक भएको भन्दै फोटो सुटका लागि बोलाएको, सुन्दरी प्रतियोगिताको अडिसन फर्म भर्न लगाई २ सेप्टेम्बर २०१४ मा भद्रकालीस्थित आमी अफिसर्स क्लबमा भएको सुन्दरी प्रतियोगितामा सहभागी गराएको बयानमा भनेकी छिन् । आफू फस्टरनरअप भएपछि पाण्डेले जिताएको दाबी गर्दै म्यासेज पनि पठाएको खुलेको छ ।

सक्सेस पार्टीका नामा एभरेस्ट होटलमा डाकेर रातभर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेलिङ गरेर पटक पटक सम्बन्ध राखेको युवतीको आरोप छ । पहिलोपटक बलात्कार गरेपछि रकम समेत दिएर कसैलाई भने फोटो लिक गरिदिने धम्की दिएको बयानमा भनेकी छिन् । यतिमात्र नभई अरु व्यक्तिलाई आफू सामुन्ने बसेर करणी गर्न लगाएको खुलासा गरेकी छिन् । उनले बयानमा मनोजकुमार जैसीले अपरिचित व्यक्ति रहेको अनामनगरस्थित होटलमा लगेको र उक्त व्यक्तिसँग आफूलाई शारीरिक सम्पर्क गर्न लगाएको भनेकी छिन् । सम्पर्क राख्दा मनोजले प्रत्यक्ष हेरेको समेत बयानमा भनेकी छिन् ।

मनोजले सौन्दर्य प्रतियोगीहरुलाई यसरी नै जालोमा पारेर यौन व्यवसायमा लगाउने गरेको समेत युवतीले भण्डाफोर गरदिएकी छिन् । मोडलिङ र सुन्दरी प्रतियोगिता आयोजनाको संस्था खोलेका मनोजकुमार पाण्डेको वास्तविक पेशा भने यौन व्यवसायको विचौलिया रहेको पीडित युवतीको बयानबाट खुलेको छ ।
युवतीको बयानः

प्रतिवादी मनोज पाण्डे भन्ने मनोज कुमार जैशीले म सुन्दरी प्रतियोगिताको आयोजक हुँ र म फोटो सुटहरू पनि गर्छु भनी मलाई एभरेस्ट होटेलमा भेट्न बोलाई मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सञ्चालक हुँ र म छिट्टै सुन्दरी प्रतियोगिताको आयोजना पनि गर्दै छु भनी अर्को दिन आफ्नो कन्सल्टेन्सीमा फोटो सुटको लागि बोलाउनु भयो र निजले फोटो सुटको लागि आफन्त तथा साथीभाइ समेत कोही कसैलाई साथमा नलिई आउनु भनेकोले म एक्लै गएको थिएँ ।

निजले नै मिस ग्लोबल ईन्टरनेसनलको सुन्दरी प्रतियोगिताको अडिसनको फर्म भर्न भर्न लगाई २ सेप्टेम्बर २०१४ मा भद्रकाली स्थित आर्मी क्लबमा सुन्दरी प्रतियोगिताको आयोजना भएको थियो र म पनि सहभागी भएकोमा उक्त प्रतियोगितामा म फस्टरनरअप भएको थिएँ ।

उक्त सुन्दरी प्रतियोगिताको कार्यक्रमबाट म घर फर्किने भनी आमा बुबासँग ट्याक्सीमा बस्दा निज मनोज पाण्डे भन्ने मनोजकुमार जैशीले मलाई मोबाइलमा मैले तिमीलाई जिताएको हुँ भनी म्यासेज पठाउनु भएको थियो ।

सोपश्चात् मलाई सक्सेस पार्टी छ तिमी रेडी भएर आऊ भनी एभरेस्ट होटेलमा बोलाउनु भयो र म निजले भनेअनुसार एभरेस्ट होटेलमा गएकोमा मनोजकुमार जैसी बाहेक अन्य कोही नभएकोले मैले निजलाई अरू खै त ? भनी प्रश्न गर्दा तिमी अलि छिटो आयौ पार्टी ७ः०० बजेबाट सुरु हुन्छ बस्दै गर भन्नु भयो र केही समयपछि एक जना वेटर आएर मलाई कागती पानी जस्तो देखिने तरल पदार्थ दिई यो वेलकम ड्रिङ्क हो भन्नुभयो ।

मैले उक्त कागती पानी खाएको केही समयपछि मलाई असहज महसुस भयो र मैले घर जान पाउँ भनी मनोज पाण्डे भन्ने मनोजकुमार जैसीलाई अनुरोध गर्दा उहाँले मलाई गाली गर्दै विजेता भएर तिमीले यस्तो कुरा गर्न मिल्दैन मिडियाले तिमीलाई खोज्छन् मैले के जवाफ दिने भन्नुभयो र मैले एउटा रुम बुक गरेको छु तिमी त्यहाँ गई आराम गर्दै गर ।

सबै जना आएपछि म तिमीलाई बोलाउन पठाउँछु भन्नुभएकोसम्म मलाई याद छ । त्यसपछि के कसो भयो मैले थाहा पाइनँ । मलाई अलिअलि होस हुँदा निजले मलाई बलात्कार गरिरहेका थिए ।

भोलिपल्ट निज मनोज पाण्डे भन्ने मनोज कुमार जैसी मेरै छेउमा एउटै खाटमा नग्न अवस्थामा नै सुतिरहेकोदेखि म अचानक चिच्याएर रुन थालेँ पश्चात् तिमी पैसा लिएर घर जाऊ, यदि यो कुरा तिमीले कसैलाई भन्यो भनी मैले तिम्रो अश्लील फोटो तथा भिडियो खिचेर राखेको छु, उक्त फोटो तथा भिडियो अनलाइन खबर मार्फत सार्वजनिक गरिदिन्छु भनी मलाई डर त्रास देखाउनुभयो र निजको धम्कीको डरले कोही कसैसँग केही भन्न सकिनँ ।

त्यसपछि निजले पटक पटक विभिन्न स्थानमा जबरजस्ती करणी गर्ने गरेको र एक दिन मनोजकुमार जैशीले मलाई अनामनगरकै होटेलको एउटा कोठामा लगेका र म उक्त कोठामा पुग्दा त्यहाँ पहिले नै एक जना अपरिचित पुरुष व्यक्ति बसिरहेका थिए ।

निज मनोजकुमार जैशीले उक्त व्यक्तिलाई देखाउँदै यो मानिससँग शारीरिक सम्पर्क राख म यहाँ बसेर हेर्छु भनी त्रासपूर्ण तरिकाले मलाई भनेसँगै निज मनोजकुमार जैशीले ती अपरिचित व्यक्तिलाई तँ यो केटीसँग शारीरिक सम्पर्क राख, म यहाँ बसेर तँ र म कसले धेरै बेरसम्म सम्पर्क गर्न सक्छ हेर्छु भनी मलाई त्यो अपरिचित व्यक्तिसँग जबरजस्ती करणी गराई वेश्यावृत्ति गर्न बाध्य बनाए र मैले उक्त मानिससँग शारीरिक सम्पर्क गरेको निज मनोजकुमार जैशीले हेरेर बसे ।

उक्त मानिस को थिए म चिन्दिनँ । यसरी निज मनोजकुमार जैसीबाट लामो समयसम्म त्रासपूर्ण शारीरिक शोषण तथा मानसिक यातनाबाट विक्षिप्त भई मैले पटक–पटक आत्महत्याको प्रयास गरेको र मेरो आमाले मलाई नर्भिक अस्पताल लगी उपचारका क्रममा त्यस अस्पतालका डाक्टर यादव विष्टले काउन्सिलिङका क्रममा तिम्रो समस्या मनमा भित्र छ, औषधी मस्तिष्कको खाएपछि औषधीले काम गर्दैन ।

जबसम्म तिमी खुलेर तिम्रो पिडाको बारेमा कुरा गर्दैनौ तबसम्म तिमी ठिक हुँदैनौ भनेकोले मैले मेरो सबै घटनाहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुँ ।



प्रतिक्रिया दिनुहोस्