Logo

माइतीघर मण्डलामा मिटर ब्याज संघर्ष समितिको धर्ना



काठमाडौं, ३ असार । मिटर ब्याज संघर्ष समितिले आज काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना तथा विरोध कार्यक्रम गरेको छ ।

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मिटर ब्याज विरुद्धको संघर्ष समितिको आयोजनामा शुक्रबार धर्ना तथा विरोध कार्यक्रमको आयोजना गरिएको हो ।

अध्यक्ष राम सुरत गुप्ता,उपाध्यक्ष अशोक सिंह कुर्मी, कोषाध्यक्ष अजमुल्ला मोहम्मद मुसलमान, सचिव किशोरी चमाईन, सहसचिव राम सुभाग मुसहर लगायत करिब २०–२५ जनाको उपस्थितिमा धर्ना कार्यक्रम सुरु भएको हो ।

उनीहरुले ‘मिटर ब्याज लिन पाईदैन’, ‘जनता मार्न पाईदैन’, ‘मिटर ब्याज लिनेलाई कारर्वाही गर’, ‘मिटर ब्याज लिनेहरु खबरदार’, ‘कानुन उल्लंघन गर्न पाईदैन्’, ‘मिटर ब्याज लिन पाईदैन’, ‘सुकुम्बासी र भुमिहिन बनाउन पाईदैन्’ जस्ता प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot