Logo

प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा प्रकाशन



काठमाडौं, ३ असार । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

आयोगले गत चैत्र २१ गते संचालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उत्तीर्ण उम्मेदवारको अन्तर्वाता असार २३ गते बिहान ८ बजेदेखि हने जनाइएको छ ।

त्यस्तै, परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहानेले असार ९ गतेसम्म आयोगको कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्