Logo

स्कुटरसहित भीरबाट खसेकी शिक्षिकाको मृत्यु



काठमाडौं, ३ असार । नुवाकोटमा विद्यालय हिडेकी एक शिक्षिका स्कुटरसहित भिरबाट लडेर खोलामा खसेकी छिन् ।

तादी गाउँपालिका–४ स्थित घिरौले भिरमा सुन्दरा मावि सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव फेला परेको प्रहरीले जनाएको छ।

शिक्षिका बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनी सवार स्कुटर अनियन्त्रित भएर दुर्घटनाभएपछि खोलाले बगाउँदा आचार्यको ज्यान गएको हो । उनको घर दुप्चेश्वर गाउँपालिका–६मा पर्छ ।

Photo : Pradeep Sharma



प्रतिक्रिया दिनुहोस्