Logo

आलोकश्री को ‘समुन्द्र सबै शराब भए’ सार्वजनिक



काठमाडौं, ३ असार । वरिष्ठ संगितकार आलोकश्रीको नयाँ गीत ‘समुन्द्र सबै शराब भए’ आज सार्वजनिक भएको छ ।

लोकप्रिय गीतकार हरि पौडेलको शब्द, आलोकश्री संगीत तथा चर्चित गायक शिव परियारको स्वर रहेको गीतको शुक्रबार आलोकश्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गुन्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा भिडियोको निर्देशन कबिराज गहतराजले गरेका छन् ।

समुन्द्र सबै सराब भए भन के पो हुन्थ्यो होला…
काडा सबै गुलाफ भए भन के पो हुन्थ्यो होला…
भन के पो हुन्थ्यो होला…

गीतको म्युजिक भिडियोमा नायक आर्यन सिग्देल र मोडल श्री थपलियाको शसक्त अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्