Logo

प्रेम विवाहपछि पतिले करेण्ट लगाएकी श्रीमतीको अस्पतालमा विचल्ली



काठमाडौं, ३ असार । धनुषास्थित जनकपुरधामको प्रादेशिक अस्पतालको शैयामा केही दिन देखि एक युवती लडिरहेकी छिन् । आठ महिना अघि प्रेम विवाह गरेकी युवतीलाई छटपटाउने बनाउने अरु कोही नभएर उनकै श्रीमान् हुन् ।

२२ वर्षीया राधिका कार्कीका श्रीमान अरुण साह अहिले फरार भएका छन् । गत जेठ १६ गते साहले कार्कीलाई करेण्ट लगाएर घाइते बनाएको बुझिएको छ । राधिकाको दुवै हात, दुवै खुट्टा र पेटमा करेन्ट लागेको अस्पतालले जनाएको छ । उनी १६ दिनदेखि उक्त अस्पतालमा उपचाररत छिन् ।

सिन्धुलीको गोलञ्जर गाउँपालिका–२ की राधिकाले धनुषाको सखुवा महेन्द्रनगरका जनकपुर बस्दै आएका साहसँग ८ महिना अघि विवाह गरेकी थिइन् । विवाहपछि सँगै बस्दै आएका दम्पत्तिबीच घर लैजान अनुरोध गर्दा करेण्ट लगाएर यातना दिएको बिरामी राधिकाको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्