Logo

त्रिवि अस्पतालद्धारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित



काठमाडौं, ३ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ ।

अस्पतालले सरकारले दिएको बीमा सेवाबापतको भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको छ ।

डेढ वर्षदेखि ८ करोड भन्दा बढी भुक्तानी दिन बाँकी भन्दै अस्पताल प्रशासनले बीमा कार्यक्रम नै स्थगित गरेको हो ।

असार १५ गतेसम्म अर्को सुचना नआएसम्मको लागि बीमा कार्यक्रम स्थगित गरेको प्रशासनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्