Logo

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गुमराहमा राखेर अमेरिकालाई पत्र लेखेको ओलीको आरोप



काठमाडौं, ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गुमराहमा राखेर एसपीपीमा सामेल हुन अमेरिकी राजदूतावासलाई पत्र लेखेको आरोप लगाएका छन् । उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई राजधानीमा प्रशिक्षण दिने कार्यक्रममा बोल्दै सन् २०१७ मा क्षेत्रीले प्रधानसेनापतिका रुपमा अमेरिकी सेनालाई लेखेको पत्रबार आफूलाई कुनै जानकारी नभएको समेत बताए ।

ओलीले भने,‘सामान्यतथा सेनापतिले पत्र लेख्दैनन् । जबकि म प्रधानमन्त्री भइसकेको छु, त्यसबारे मलाई बताइएन ।’ उनले आफूलाई गुपचुप राखेर पत्र लेखिएको दाबी गरे । तर, सेनाले अमेरिकी राजदूतावासलाई लेखेको पत्रको बोधार्थ रक्षा र परराष्ट्र मन्त्रालयलाई समेत दिएको थियो ।

ओलीले एसपीपीबारे प्रचण्डले भ्रम फैलाएको आरोप लगाए । उनले भने,‘झुठ र बेइमानीको पनि हद हुन्छ नि ।’ ओलीले दिवंगत प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतले एसपीपीबारे निर्णय लिएको टिप्पणी गरे । १३ असोजमै निर्णय गरेर सैनिक मुख्यालयमा सुशील कोइरालाले पठाउन लगाएको र आफू २४ असोजमा प्रधानमन्त्री भएको बताए ।



प्रतिक्रिया दिनुहोस्