Logo

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो साढे ६ वर्षमा बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता



काठमाडौं, ३ असार । माछापुच्छ्रे बैंकले साढे ६ वर्षमा बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता संचालनमा ल्याएको छ। माछापुच्छ्रे स्मार्ट मुद्दती खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दोब्बर रकम पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त खाता खोल्दा न्यूनतम ५० हजार भए पुग्छ। बैंकले खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई दिनेछ। बैंकले नवीनतम योजना ल्याएको जिकिर गरेको छ। यो योजनामा माछापुच्छ्रेका देशभरका १६५ मध्ये कुनै पनि शाखाबाट खाता खोल्न सकिने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्