Logo

एसपीपीबारे ओलीको प्रष्टीकरण- हामीले अस्वीकार गरेका थियौँ



काठमाडौं, ३ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेको छ ।
ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले एसपीपी स्वीकार्ने गरी अमेरिकी सरकारलाई पत्र लेखेको भनिएका बेला ओलीले यसबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको दाबी गरेका छन् ।

स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले एसीसीमा सामेल नहुने भन्दै आफू नेतृत्वको सरकारले बताएको दाबी गरेका हुन् । तर, अहिले गठबन्धन सरकारले त्यसलाई ब्यूँताउने काम गरेको ओलीको आरोप छ ।

सुशील कोइराला र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा अघि बढेको एसपीपीलाई आफ्नो सरकारले कार्यदल गठन अस्वीकार गरेको उनको दाबी छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले सुशील कोइराला प्रधानमन्त्री हुँदा पत्राचार भएर प्रचण्ड प्रधानमन्त्री बन्दा अघि बढेको सो प्रक्रियालाई आफ्नो पालामा कार्यदल गठन गरेर अस्वीकार गरिएको बताए ।

दूतावासलाई सेनापतिले नभएर परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयले पत्राचार गर्ने भन्दै उनले भने, ‘सामान्यतः सेनापतिले पत्र त्यसरी लेख्दैन, दूतावासलाई सेनापतिले होइन परराष्ट्र मन्त्रालयले, रक्षामन्त्रालयले लेख्ने हो । सेनापति आफैँले लेखेको रहेछ, कसैलाई थाहा भएन ।’



प्रतिक्रिया दिनुहोस्