Logo

ब्रिक्स समिट भर्चुल माध्यमले बेइजिङमा हुने



एजेन्सी, ३ असार । ब्रिक्स समिट बेइजिङमा ९ असारमा हुने तय भएको छ । चिनियाँ विदेश मन्त्रालयले १४औं ब्रिक्स समिटको मिति आज घोषणा गरेको हो ।

भर्चुअल माध्यमले हुने समिटको सभापतित्व चिनियाँ राष्ट्र सी चिनफिङले गर्ने उल्लेख छ । समिटको अवधारणा समेत तय भएको छ । जसलाई फोष्टर हाइ क्वालिटी ब्रिक्स पार्टनरशिप, उसर इन र न्यु इरा फर ग्लोबल डेभलपमेन्ट नाम दिइएको छ ।

यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले ग्लोबल डेभलपमेन्टसम्बन्धी उच्चस्तरीय संवादबारे समेत जानकारी दिएको छ । १० असारमा हुने उक्त संवादमा ब्रिक्स देशका नेताहरु र उदयीमान देशहरुका नेताहरु पनि सहभागी हुनेछन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्