Logo

पाकिस्तान विश्वका २३ सुख्खाग्रस्त मुलुकको सूचीमा



एजेन्सी, ३ असार । पाकिस्तान विश्वका २३ सुख्खाग्रस्त मुलुकहरुको सूचीमा परेको छ । त्यहाँको मौसम परिवर्तन मामला मन्त्रालयले बिहिबार सुख्खाबाट निकै प्रभावित भएको भन्दै यसबारे उल्लेख गरेको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सन् २०२५ बाट विश्वको ७५ प्रतिशत जनसंख्या सुख्खाबाट प्रभावित हुने भएकाले सतर्कता अपनाउनुपर्ने भनेको छ । मानिस र वातावरणीय कारणले मरभूमीकरणबाट पाकिस्तान प्रभावित हुँदा माटोको उर्वरतामा कमीृ, जमिनको उत्पादनमा कमीलगायतका समस्या आएको डन पत्रिकाको रिपोर्टमा उल्लेख छ ।

पाकिस्तानमा जङ्गल फडानीसँगै पानीको अभाव देखिन थालेको भनिएको छ । नदीहरु सुक्दै गएको, तातो हावाको लहर, खडेरीले पानीको वितरणमा समस्याहरु बढेका छन् ।-Representative Image



प्रतिक्रिया दिनुहोस्