Logo

पाकिस्तानको नयाँ सरकारले भारतसँग सम्बन्धमा देखायो इच्छा



एजेन्सी, ३ असार । पाकिस्तानमा इमरान खानको सरकार ढलेपछि बनेको नयाँ सरकारले भारतसँग व्यापार र सम्बन्ध सुधारको इच्छा देखाएको छ । पाकिस्तानका विदेशमन्त्री विलवाल भुट्टो जर्दारीले यसबारे बोलेका छन् ।

बिहिबार विलवालले भारतसँग व्यापार र सम्बन्धमा जोड दिएका हुन् । उनले विगतको नीतिहरुका कारण पाकिस्तान विश्व मञ्चमा एक्लिएको टिप्पणी पनि गरे ।

इस्लामावादस्थित स्ट्राटिजिक स्टडिजमा बोल्दै विलवालले भारतसँग लामो युद्ध र द्वन्द्व, काश्मिर र मुस्लिमविरोधी मुद्दाका बाबजुद पाकिस्तानको स्वार्थ सम्बन्ध नै नराख्ने भन्ने नभएको बताए । उनले आर्थिक कूटनीति र सम्बन्धहरु विस्तारमा जोड दिए ।

पाकिस्तानले भारतसँग विगत देखि नै आर्थिक सम्बन्ध बनाइराख्नुपर्ने थियो भन्दै विलवालले दुवै देशमा अतिवादी समूहबाट जोगाउने अवस्था बन्न सक्थ्यो भने ।-File Photo



प्रतिक्रिया दिनुहोस्