Logo

फेरि लौरोकै चर्चा



काठमाडौं, ४ असार । देशमा फेरि लौरोको चर्चा भएको छ । स्थानीय चुनावमा लौरो चिन्हका बालेन साहले काठमाडौं र हर्कराज साम्पाङले धरानबाट मेयर जित्दा लौरो चिन्ह लिएका थिए । यसले लौरोको लोकप्रीयता बढेको छ ।

हुँदा हुँदा आज नेपालमा सुनको लौरो लिएर एकजना विशिष्ट अतिथि आइपुगेका छन् । ती विशिष्ट अतिजिथ हुन् दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम । उनी काठमाडौं अवतरण गरेर सिधै झापा पुगे । झापामा उनलाई स्वागत गर्न चर्चित व्यवसायी दुर्गा प्रसाईं विमानस्थलको विमानको ढोकासम्म पुगे । मार्सी उपनामले समेत चिनिने प्रसाईंलाई राजकुमार माक्तुमले उपहार पनि ल्याएका रहेछन् ।

उपहार प्रसाईं आफैले खोले । उपहार सुनको लौरो थियो । कालो चश्मा लगाएका दुर्गा प्रसाईं सञ्चारकर्मीलाई लौरो देखाउन थाले ।

राजकुमार माक्तुमले भोलि झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा सुरु गर्न लागिएको पेटको सिटिस्क्यान उपकरणको औपचारिक शुभारम्भ गर्नेछन् । उनले प्रसाईंसँग लगानीका विषयमा पनि महत्वपूर्ण कुराकानी गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्