Logo

गठबन्धन फुटाउने प्रयास सुरु भएको प्रकाशमान सिंहको टिप्पणी



काठमाडौं, ४ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परीणामपछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएको बताएका छन् । उनले गठबन्धन के का लागि थियो र किन थियो भन्ने कुरा प्रमाणित हुँदै आएको छ भन्दै संविधानमाथि पटकपटक प्रहार भएकाले कांग्रेस नेतृत्वमा जारी भएको संविधान जोगाउन परिस्थितिले गठबन्धनमा जानू परेको बताएका हुन् ।

कांग्रेसका केही जित्ने साथीहरुले गठबन्धनका कारण अवसर नपाएपनि ब्यवस्था जोगाउन गठबन्धनमा जानू परेको सिंहको भनाई थियो । स्थानीय निर्वाचनको नतिजाले कांग्रेस पहिलो पार्टी बनेको उल्लेख गर्दै उनले अब फेरि आउदै गरेको निर्वाचनमा अझै मेहनत गरेर ठुलो पार्टी बनाउन जनतामा जानूपर्ने बताईन् ।

आज (शनिबार)काभ्रेको बनेपामा नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको बधाई शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले अहिले एसपीपीको बिषयमा हुँदै नभएको विषय उचालेर कांग्रेसमाथि प्रहार भैरहेको समेतबताए ।

 



प्रतिक्रिया दिनुहोस्