Logo

युवतीको अस्मिता लुट्नेहरुले बाला पनि छाडेनन्



दाङ, ४ असार । तुलसीपुरमा एकजना महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । उनलाई बलात्कारपछि सुनको बाला समेत लुटी फरारहरु दुई दिनपछि आज पक्राउ परेका छन् ।

बिहिबार २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-९ मैनाबगर बस्ने २४ वर्षीय शंकर बिक, सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने ३० वर्षीय कमल चौधरी र १९ वर्षीय कान्छी भन्ने अर्जुन नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कमलले बिहीबार ती महिलालाई नास्ता खान जाउँ भनी ललाई फकाई बसपार्कमा लगि शंकर, अर्जुन र तुलसीपुर उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय अर्जुन परियारसँग भेट गराई दोघरे नगर बिकास टोलस्थित निर्माणाधिन घरमा लगि कमल आफ्नो घरतर्फ फर्किएको र अन्य ३ जनाले महिलालाई जबरजस्ती करणी गरी पीडितको ४ आनाको सुनको बाला समेत खोसी फरार भएका थिए ।

महिलाको उजूरीपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । फरार अर्जुन परियारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्