Logo

पूर्व मिस नेपाल बलात्कार काण्डमा मुछिंदा आज नयाँ मिस नेपाल छानिने



काठमाडौं, ४ असार । यतिबेला सुन्दरी प्रतियोगिताका एकजना आयोजक जेलमा छन् । उनीविरुद्ध मानव बेचबिखनको अभियोगमा मुद्दा चलाइएपछि जेल पुगेका छन् ।

सुन्दरी प्रतियोगिताका ती आयोजक हुन् मनोज पाण्डे । मनोज जैशीको नामले चिनिने उनलाई एकजना सुन्दरी प्रतियोगितामा सहभागी भएकी एकजना युवतीले बलात्कारको आरोप लगाएकी छिन् । उनको बयान निकै हृदयविदारक छ । पाण्डेले ती युवतीलाई ८ वर्ष अघि एभरेष्ट होटलमा बलात्कार गरेको र पछि यौन व्यवसायमा समेत लगाएर मानसिक रुपमा विक्षिप्त बनाएको आरोप लगाएकी छिन् ।

युवतीले मनोज पाण्डेले आफूलाई पीडा दिंदा पूर्व मिस नेपाल माल्भिका सुब्बासँग सहयोग माग्दा नकारात्मक जवाफ दिएको बयानमा भनेकी छिन् । माल्भिकाले आफू त्यतिबेला निकै तनावमा भएको भन्दै माफी समेत मागेकी छिन् ।

सुन्दरी प्रतियोगिता नै बदनाम हुने गरी एउटा घटना खुल्दा आज देशमा नयाँ मिस नेपाल छान्ने प्रतिष्पर्धा हुँदैछ । सुन्दरी प्रतियोगितामा २४ जना प्रतियोगी छन् । यसपाली केही चिकित्सक पनि प्रतिष्पर्धामा छन् ।

मनोज पाण्डेको कर्तुतको पर्दाफास, देखाउने सुन्दरी प्रतियोगिता धन्दा यौन व्यवसाय



प्रतिक्रिया दिनुहोस्