Logo

चीनको रसायनिक कारखानामा खतरनाक बिष्फोट हुँदा ६ को मृत्यु



एजेन्सी, ४ असार । चीनको एउटा रसायनिक कारखानामा खतरनाक बिष्फोट भएको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको लान्जोउस्थित रसायनिक कारखानामा बिष्फोट भएको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार घटनामा ६ जनाको मृत्यु हुनाको साथै ८ घाइते भएका छन् । घटनाको कारणबारे केही बताइएको छैन । बिष्फोटपछि नजिकको क्षेत्रमा विद्युत आपूति अवरुद्ध भएको छ ।

घटना शुक्रबार भएपनि शनिबार मात्र खबर सार्वजनिक गरिएको हो । औद्योगिक पार्कमा रहेको कारखाना सन् २०२० मा स्थापित गरिएको उल्लेख छ । उक्त कारखानाले पेस्टिसाइड उत्पादन गर्दै आएको छ ।-Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्