Logo

उच्च तापक्रमपछि चीनको ७ प्रान्तमा सतर्कताका लागि पहेंलो वत्ती



एजेन्सी, ४ असार । चीनको ७ प्रान्तहरुमा तापक्रम ४० डिग्री कटेको छ । तापक्रम बढेसँगै त्यहाँ सतर्कता अपनाउन भनिएको छ ।

शनिबार चीनको राष्ट्रिय मौसम केन्द्रले सतर्कताका लागि भनेको छ । सतर्कता अपनाउन भनिएको प्रान्तहरुमा हेवे, हेनान, सान्सीलगायत छन् ।

उत्तरी चीनका कतिपय राज्यहरुमा तापक्रम ४० डिग्री कट्ने अनुमान गरिएको छ । सर्वसाधारणलाई घरबाहिर अत्यावश्यक बाहेकमा नजान भनिएको छ ।

कतिपय स्थानहरुमा उच्च तापक्रमले सिंचाईहरु प्रभावित भएका छन् । तापक्रम बढ्दा विद्युत खपत बढ्ने र आगलागी हुनसक्ने खतरा औल्याइएको छ ।-Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्