Logo

सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं, ५ असार । सत्ता साझेदार दलको गठबन्धनको बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक केही बेरमा बस्ने जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद पुर्नगठनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाइएको बुझिएको छ ।

प्रधानमन्त्री देउवालाई आइतबार अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे छलफल गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको थियो तर, उनी त्यहाँ गएनन् । गठबन्धनको बैठकमा सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot