Logo

खेलाडीमाथी दुर्व्यवहार गर्नेको खोजी गर्दै फिफा



काठमाडौं, असार ५ । फिफाले सामाजिक संजालबाट खेलाडीमाथि दुर्व्यवहार गर्ने व्यक्तिहरुको पहिचान गर्न थालेको छ ।

फिफाले खेलाडीहरुको युनियन फिफ्प्रोसँग मिलेर खेलाडीहरूलाई लक्षित अपमानजनक पोस्ट गर्नेहरुको पहिचान गर्न थालेको हो ।

युरोकप २०२० को फाइनल र सेमिफाइनल तथा अफ्रीका कप अफ नेसन्सको समयमा गरिएका ४ लाख बढी सामाजिक संजालका पोस्टहरु अध्ययन गरिएको छ । जसमा ५० प्रतिशत भन्दा बढी खेलाडीहरु कुनै न कुनै प्रकारले दुर्व्यवहारको शिकार बनेको पाईएको छ।

अध्ययन अनुसार युरोकपको फाइनलमा पेनाल्टीमा चुकेका काला खेलाडीलाई सबैभन्दा बढी दुर्व्यवहार भएको पाईएको छ ।



प्रतिक्रिया दिनुहोस्