Logo

देउवा, दाहाल र माधव नेपाल बालुवाटारमा छलफलमा



काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् । अमेरिकाको एसपीपीबारे नेपालमा विवाद चुलिएको बेलामा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेका हुन् । माधव नेपाल संसदीय समितिको बैठकबाट सिधै बालुवाटार पुगेका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय समितिले बोलाएको थियो । तर, प्रधानमन्त्री देउवा भने समितिको बैठकमा गएनन् । उनी बैठकमा नगएपछि सांसदहरुले भने उनको चर्को आलोचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot