Logo

आईजीपी नियुक्तीविरुद्धको मुद्दाको सुनुवाई सुरु



काठमाडौं, असार ५ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्ती गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ ।

गत सोमबार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले वहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो ।

आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अहिले निवेदकको तर्फबाट पुर्णमान शाक्यले मुद्दामा बहस गरिरहेका छन् ।

आज विश्वराज पोखरेल पक्षका कानून व्यवसायीले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी पेस गर्नेछन् भने उनीहरुको वहसपछि सिंहका कानून व्यवसायीको वहस हुनेछ । त्यस्तै, सरकारको निर्णयको बचाउका लागि सरकारी वकिलहरुले पनि वहस गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्