Logo

नारायण–मुग्लिन सडक खण्डमा खोलामा खसेर बसका सहचालक बेपत्ता



काठमाडौं, ५ असार । नारायण–मुग्लिन सडकखण्डबाट चिप्लिएर सहचालक बेपत्ता भएका छन् ।

उक्त सडकखण्ड अन्तर्गत पर्ने खहरे खोलामा खसेर आइतबार सहचालक कैलाली गोदावरीका तेजबहादुर बोहोरा बेपत्ता भएका हुन् ।

उनी ना ६ ख ७४६३ नम्बरको बसका सहचालक थिए । बोहोरा बसबाट झरेर चाउचाउ किन्न हिड्दै गर्दा चप्पल चिप्लिएर खोलामा खसेका हुन् । उनको खोजीमा व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली खटिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्