Logo

सर्वदलिय बैठक बोलाउन सुझाव



काठमाडौं, ५ असार । अमेरिकाले प्रस्ताव गरेको स्टेट पाटर्नरसिप प्रोगाम (एसपीपी) बारे छलफल गर्न सर्वदलिय बैठक बोलाइने भएको छ ।

पछिल्ला केही दिनमा निकै विवादित बनेको एसपीपीबारे छलफल गर्न गठबन्धनका नेताहरुले सर्वदलिय बैठक बोलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका थिए ।

आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । सर्वदलिय बैठकले  एसपीपीबारे छलफल गरेर वास्तविकता बाहिर ल्याइने जनाइएको छ ।

एसपीपीको बारेमा सत्ता र प्रतिपक्षले समेत विरोध जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्