Logo

प्रियंकाले ’सिटाडेल’ को सुटिङ पूरा गरिन्



एजेन्सी, ५ असार । बलिउड अभिनेत्री प्रियंका चोपडाले हालै आफ्नो डेब्यू सिरिज ‘सिटाडेल’ को सुटिङ पूरा गरेकी छिन् । अभिनेत्री लामो समयदेखि अमेरिकाको एट्लान्टामा सुटिङ गरिरहेकी थिइन् ।

प्रियंकाले सिरिजको सुटिङका क्रममा सेटको अनुभव भिडियोमार्फत सेयर गरेकी छिन् । भिडियोको सुरुवातमा छायांकनको पहिलो दिनका केही झलकहरू देखाइएको छ । जसमा अभिनेत्रीले रातो पहिरन लगाएकी छिन् । यससँगै उनको नाममा राखिएको स्टुडियो र कुर्सी पनि भिडियोमा देख्न सकिन्छ । भिडियोमा प्रियंकालाई उनका पति निकले उपहार दिएको कार पनि चलाएको देख्न सकिन्छ ।

भिडियो सेयर गर्दै प्रियंकाले क्याप्शनमा लेखेकी छिन्, “अन्तमा सुटिङ। यति ठूलो टास्कलाई रमाइलो बनाउनु भएकोमा सबैलाई धन्यवाद। धन्यवाद एटलान्टा। अर्को पटक भेटौँला।“ प्रियंकासँग हलिउड फिल्म ‘एन्डिङ थिंग्स’ र ‘इट्स अ‘ाल कमिङ ब्याक टु मी’ जस्ता फिल्म छन् । अभिनेत्री फरहान अख्तरको बलिउड फिल्म ‘जी ले जरा’ मा पनि देखिनेछिन् ।



प्रतिक्रिया दिनुहोस्