Logo

उडिरहेको विमानमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण



एजेन्सी, ५ असार । बिहारको राजधानी पटनामा आइतबार विमानको आकस्मिक अवतरण गरिएको छ । विमानमा १८५ यात्रु सवार थिए । विमान पटनाबाट दिल्ली आउँदै थियो ।

बिबिसी हिन्दीका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो ।

पटनाका डीएमले विमानका सबै यात्रु सकुशल रहेको सञ्चारमाध्यमले बताएका छन् । विमानको देब्रे पखेटामा आगो लागेको हो । मानिसहरूले तलबाट विमानको इन्जिनमा आगो लागेको देखेका थिए ।

उनले अहिले विमानमा प्राविधिक गडबडीका कारण आगो लागेको हुन सक्ने जनाइएको छ । विमानबारे इन्जिनियरिङ टोलीले अनुसन्धान सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्