Logo

कुमारी धनवृद्धि योजनाको इकाई बाँडफाँट



काठमाडौं, ५ असार । कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्ड बाँडफाँट भएको छ । कम्पनीले यही १२ देखि २६ जेठसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई बाँडफाँट भएको हो ।

सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५ (४) र विवरण पुस्तिकाको बुँदा ४ २ (घ) मा भएको व्यवस्था बमोजिम अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको कुल निष्काशनको बाँडफाँट गर्न सकिने मध्ये राख्नुपर्ने १५ प्रतिशत विजपुँजी वापतको १ करोड ८३ लाख ७६ हजार ८९ इकाई कोष प्रवद्र्धन कम्पनी कुमारी बैंकलाई बाँडफाँट गरी बाँकी रहेको १० करोड ४१ लाख ३१ हजार १७० इकाई सर्वसाधारण आवेदकहरुलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

कुल १ लाख ३९ हजार १३९ जनाले आवेदन दिएकामा रितपूर्वक आवेदन दिने १ लाख ३९ हजार ९३ जनामा माग गरे बमोजिम नै न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म प्रदान गरिएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्