Logo

विश्व हिन्दु परिषद नेपालको राष्ट्रिय बैठक सम्पन्न



काठमाडौं, ५ असार । विश्व हिन्दु परिषद नेपालको राष्ट्रिय बैठक आइतबार सम्पन्न भएको छ । काठमाडौंस्थित केशवधाम गौरीघाटमा बैठक सम्पन्न भएको हो ।

बैठकले आगामी भदौ १८ र १९ गते पोखरामा राष्ट्रिय योजनाको बैठक बस्ने निर्णय गरेको छ । साथै, बैठकले पोखरामा हुने राष्ट्रिय योजनाको बैठकमा प्रमुख कुटनीतिज्ञहरु, जिल्लाका अध्यक्षहरु, कोषाध्यक्षहरु, प्रदेश अध्यक्षहरु, उपाध्यक्षहरु लगायतको उपस्थिती गराउने समेत निर्णय गरेको हो ।

संगठन विस्तार र सृदृढीकरणका लागि कार्यकर्ताहरुलाई अभिमुखीकरणको लागि मेची महाकाली अभियान समेत चलाउने निर्णय बैठकले गरेको छ । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्