Logo

जनकपुरधामका उपप्रमुख साहमाथि चप्पल प्रहार



काठमाडौं, ५ असार । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि आइतबार चप्पल प्रहार भएको छ। बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन ज्ञापनपत्र बुझाउन आएको समुहले साहमाथि आक्रमण गरेको हो ।

आक्रमण गर्ने समुहले उपमहानगर प्रमुखलाई भेट्न खोजेपनि उनी नभेटिएपछि उपप्रमुख साहलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि साहले सम्बोधन गर्न थाले । उनको सम्बोधन चित्त नबुझेपछि एक महिलाले साहमाथि चप्पल प्रहार गरेको स्थानीयले जनाएका छन् ।

स्थानीयहरु रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा टुक्राटुक्रा पारी बिक्रि गर्न थालिएको भन्दै त्यसलाई रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका उपमहानगर कार्यालय पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्