Logo

नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर सात करोडको जग्गा किर्ते गरि ठगी गर्नेहरु पक्राउ (फोटोफिचर)



काठमाडौं, ५ असार । नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरोले सात करोडको जग्गा किर्ते गरि ठगी गर्ने विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ ।

२०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले स्पष्ट पारे ।

महतोका अनुसार शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान खडा गरेर जग्गा बिक्री गरेको पाईएको छ । सो घटनामा संलग्नको आरोपमा प्रहरीले महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठाई पक्राउ गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्