Logo

देउवाले यसै हप्ता मन्त्रिपरिषद् पुनः गठन गर्ने, को आउलान् को जालान्



काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिपरिषद् पुनः गठन गर्ने सम्भावना रहेको छ । उनले चुनावमा जाने गरी मन्त्रिपरिषद् पुनः गठन गर्ने तयारी गरेका हुन् ।

मंसिरमा चुनावमा जानुअघि देउवाले मन्त्रिपरिषद् पुनः गठन गर्न गठबन्धनका नेताहरुसँग परामर्श गरिसकेका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सामेल गराउन छलफल गरिसकेका छन् ।

मन्त्रिपरिषद् पुनः गठन हुँदा नेकपा एकीकृत समाजवादी पार्टीले भवानी खापुङ बाहेक सबैलाई फिर्ता बोलाउने भएको छ । खापुङ स्वास्थ्यमन्त्रीका लागि सिफारिश गरिएका छन् ।

जनता समाजवादी पार्टीबाट पनि रेनु यादव, महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र रामसहाय यादवमध्येबाट रेनुको मात्र सरकारमा निरन्तरता पाउने सम्भावना रहेको बुझिएको छ । उनीहरुको ठाउँमा अमृता अग्रहरी, प्रमोद यादव र प्रदीप यादवको सम्भावना छ ।

नेपाली काँग्रेसबाट पनि केही मन्त्रीहरुको हेरफेरको तयारी भइसकेको छ । देउवाले कम्तिमा दुई मन्त्रीलाई फिर्ता बोलाएर पार्टीभित्रको फरक समूहलाई व्यवस्थापन गर्ने तयारी गरेका छन् । डा. शेखर कोइराला र प्रकाशमान सिंह समूहबाट एक-एक मन्त्री बनाउने तयारी भएको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डले अधिकांश मन्त्री परिवर्तन गर्ने तयारी गरेका छन् । मन्त्री बन्न आकांक्षीहरु प्रचण्डलाई भेट्न थालेका छन् । नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतको मन्त्री दाबी छ ।

लोसपाबाट शरतसिंह भण्डारी र अनिल झाको सम्भावना बलियो छ । तर, लोसपाभित्र सरकारमा जाने या नजानेमा मतभेद छ ।



प्रतिक्रिया दिनुहोस्