Logo

अर्थमन्त्री जर्नादन शर्माले ऋषि धममलासँगको अन्तवार्तामा भनेः मैंले राजीनामा दिनुपर्ने कुनै कारण छैन



काठमाडौं, ५ असार । अर्थमन्त्री जर्नादन शर्माले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् । ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् मा विशेष अन्तवार्ता दिदै आफूले राजीनामा दिने गरी कुनै गल्ती नगरेको बताए ।

‘मैंले राजीनामा दिनुपर्ने कुनै कारण छैन,’ मन्त्री शर्माले भने,‘अहिले बाहिर आएका कुरा भ्रामक हुन् ।’ बजेटलाई प्रभावित बनाउन विचौलियाको प्रवेश मन्त्रालयमा भएको विषय आइरहँदा मन्त्री शर्माले आरोपको खण्डन गरे ।

आफूले स्वदेशी उद्दोगलाई प्रोत्साहन गरेको दाबी गरे । बजेटमा विवाद गर्नुपर्ने कारण नभएको उनको भनाई थियो ।

अर्थमन्त्री जर्नादन शर्मासँगको अन्तवार्ता प्राइम्स टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् मा आज साँझ ८ बजेट प्रशारण हुने भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्