Logo

भारतका विदेशमन्त्री जयशंकर र बँगलादेशका विदेशमन्त्री मोमनबीच भेटवार्ता



एजेन्सी, ५ असार । भारतका विदेशमन्त्री एस जयशंकरले बँगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन् । आइतबार सातौं भारत-बँगलादेश संयुक्त बैठकमा भेटवार्ता भएको हो ।

जयशंकरले ट्वीटरमार्फत् मोमेनलाई स्वागत गरेको जानकारी दिएका हुन् । भेटमा दुई देशबीच सीमा व्यवस्थापन, सुरक्षा, व्यापार र लगानीका विषयमा कुराकानी भएको उल्लेख छ । भारतको विदेश मन्त्रालयले ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, क्षेत्रीय विषयमा छलफल भएको जनाएको छ ।

कोरोना भाइरसको महामारीपछि भारत र बङ्गलादेशबीच पहिलोपटक भौतिक रुपमा संयुक्त बैठक बसेको हो । दुई देशले हालैमात्र संयुक्त सैन्य अभ्यास गरेका छन् । भारत र बङ्गलादेशबीच सुमधुर सम्बन्ध छ ।-Photo Source: Twitter 



प्रतिक्रिया दिनुहोस्