Logo

जनार्दशन शर्माको टिप्पणी-मलाई प्रधानमन्त्रीले किन हटाउने ?, म चुनावसम्म रहन्छु (भिडिओसहित)



काठमाडौं, ६ असार । अर्थमन्त्री जनार्दन शर्माले आफूले देश र जनताको हित हुनेगरि बजेट ल्याएको र जनस्तरबाट प्रशंसा नै पाएको दाबी गरेका छन् । उनले आफूले राजीनामा दिनुपर्ने कुनै कारण पनि नभएको जिकिर गरे । हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले बजेट कार्यान्वयनमा जानेमा आफू विश्वस्त रहेको सुनाए । उनले देशलाई आत्मनिर्भर बनाउने पनि दाबी गरे । सरकारले कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रमा रोजगारी सिर्जना गरिने पनि शर्माको दाबी छ । उनले मुलुकको अर्थतन्त्र कुनैपनि हालतमा अप्ठ्यारोमा नजाने बताए । उनले अहिले मुलुकको सबै संकट मोचन हुनेगरि बजेट आएको स्पष्ट पारे ।

उनले आफूले ल्याएको बजेटबाट सबै क्षेत्र खुशी रहेको सुनाए । पार्टी अध्यक्ष पुष्पकमल दाहालकै निर्देशनमा आफूले बजेट ल्याएको शर्माको भनाई छ । उनले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा बजेट ल्याएको कारण मन्त्रीबाट नहटाउने दाबी गरे ।

पत्रकार धमलाले तपाईँलाई त प्रधानमन्त्री देउवाले मन्त्रीबाट हटाउँदै हुनुहुन्छ अरे नि ? भनेर सोधेको प्रश्नमा जंगिदै भने-“मलाई किन हटाउने ? बाहिर चर्चा भएर हुन्छ ? म त गठबन्धनमा छु, ममाथि हमला गरेर गठबन्धन तोडिन्छ भनेर कसैले सोचेको छ भने त्यो भ्रम हो । म चुनावसम्म अर्थमन्त्री रहन्छु ।”



प्रतिक्रिया दिनुहोस्