Logo

युएईका राजकुमारको औपचारिक सबै कार्यक्रममा सरकारले लगायो रोक



काठमाडौं, असार ६ । व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका युएईका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका सबै औपचारिक कार्यक्रममा सरकारले रोक लगाएको छ ।

गृह मन्त्रालयको निर्देशनमा उनका औपचारिक कार्यक्रममा रोक लगाइएको हो । उनको निजी भ्रमण भएको हुँदा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि रोक लगाइएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले दिएको जानकारीअनुसार राजपरिवारका सदस्यले मस्जिद उद्घाटनदेखि विभिन्न सार्वजनिक कार्यक्रममा भाग लिने तयारी थियो ।

नेपाल सरकारको अनुमतिबेगर उनी नेपाल आएको हुँदा सार्वजनिक कार्यक्रममा रोक लगाइएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्