Logo

चेल्सीमा अनुबन्ध हुँदै स्ट्रर्लिङ



काठमाडौं, असार ६ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले विंगर रहिम स्ट्रर्लिङ अनुबन्धका लागि चाँसो देखाएको छ ।चेल्सीले म्यान्चेस्टर सिटीका विंगर अनुबन्धका लागि मुख्य योजनामा राखेको बीबीसीले जनाएको छ ।

सिटीसँग इंग्ल्यान्डका विंगर स्ट्रर्लिङको सम्झौता एक वर्ष बाँकी रहेको छ । पछिल्लो समय उनले क्लब छाड्ने चर्चा समेत चलिरहेको छ ।

चेल्सीले स्ट्रर्लिङ अनुबंध्का लागि ६० मिलियन पाउण्डको प्रस्ताव गरेको स्काई स्पोर्ट्सले जनाएको छ । गत सिजन उनले ३० प्रिमियर लिग खेलमा १३ गोल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्