Logo

टिपरको ठक्करबाट काठमाडौंमा एकजनाको मृत्यु



काठमाडौं, ६ असार । काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट पहिचान नखुलेका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाराजगन्जबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले आइतबार राति ११ बजे पैदलयात्री युवकलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भिर चोट लागेका घाइते पैदलयात्रीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । टिपर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।



प्रतिक्रिया दिनुहोस्