Logo

एन्फाको चुनावी सरगर्मी सुरु, अध्यक्षमा शेर्पा र नेम्वाङबीच कडा प्रतिस्पर्धा हुँदै (तस्बिर हेरौं)



काठमाडौं, ६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । एन्फाको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा २१औं साधारण सभा भइरहेको छ ।

बन्दसत्र सुरु हुनु भएपनि नेतृत्वको लागि सर्वसम्मत प्रयास भइरहेको छ। वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष समेत रहेका पंकज विक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले पनि अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

३ बजेदेखि भोटिङ सुरु हुने जनाईको छ । आज भएको साधारणसभाले एन्फामा आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

त्यस्तै, एन्फाको वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दिर्घबहादुर केसी (कुमार) र रत्नकुमार श्रेष्ठ उम्मेदवार छन् ।

एन्फाको निर्वाचन प्रक्रियामा ४४ जिल्ला, राष्ट्रिय लिगका चार क्लब, एन्फामा चारवटा संघ, ए डिभिजनका १४ क्लब, बी डिभिजनका ११ क्लब तथा सी डिभिजनका ९ क्लब गरि जम्मा ८४ जनाले मताधिकार पाएका छन् । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्